अमेरिकालाइ हराउँदै भारत ‘सुपर आठ’मा

अमेरिकालाइ हराउँदै भारत ‘सुपर आठ’मा

अर्थ चौतारी

अमेरिकालाइ हराउँदै भारत ‘सुपर आठ’मा

A A- A+

टी-२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो तेस्रो खेलमा अमेरिकालाई ७ विकेटले पराजित गर्दै भारत सुपर आठमा प्रवेश गरेको छ। जारी विश्वकपमा भारत समूह ‘ए’ बाट सुपर आठ प्रवेश गर्ने पहिलो टोली बन्यो। जारी प्रतियोगितामा भने भारत सुपर आठमा पुग्ने तेस्रो टोली हो। यसअघि दक्षिण अफ्रिका र अस्ट्रेलियाले अन्तिम खेल अगावै सुपर आठमा स्थान बनाएका छन्।न्युयोर्क स्थित नसाउ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारीत २० ओभरमा ८ विकेट गुमाएर १ सय १० रन बनाएको थियो। जवाफमा भारतले उक्त लक्ष्य १८.२ ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो।भारतको जितमा सुर्यकुमार यादवले सानदार अविजित अर्धशतकीय इनिङ खेले। उनले ५० रन बनाएर अविजित रहँदा उनलाई शिवंम दुवेले ३१ रन बनाएर साथ दिए। त्यसअघि ऋषभ पन्तले १८ रन बनाएका थिए। त्यसअघि ओपनरहरु रोहित शर्मा ३ रन र विराट कोहली पहिलो बलमै शून्य रनमा आउट भएका थिए।त्यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाका लागि स्टेभन टेलरले २४ रन बनाउँदा नितिश कुमारले २७ रन बनाए। त्यस्तै कोरी एन्डरसनले १५ रन बनाउँदा हर्मित सिंहले १० रन बनाउँदा कप्तान एरोन जोनेस र स्याड्ली भान साल्यक्यले ११ रन बनाए।भारतक लागि अर्सदीप सिंहले ४ विकेट लिंदा हार्दीक पाण्ड्याले २ विकेट हात पारे। त्यस्तै अक्षर पटेलका नाममा एक विकेट रह्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?