काठमाडौं – भारतीय महिला टोलीले इंग्ल्यान्डसँगको पहिलो एक दिवसीय खेलमा चार विकेटको रोमाञ्चक जित हात पारेको छ। तीन खेलको शृङ्खलामा भारतलाई १-० को अग्रता दिलाउन दीप्ति शर्माको अर्धशतकीय पारीको महत्त्वपूर्ण भूमिका थियो।
२५९ रनको लक्ष्य पछ्याएको भारतले ६ विकेटको क्षतिमा १० बल बाँकी रहँदा २६२ रन जोडेको हो। दीप्ति ६४ बलमा ६२ रन जोड्दै अविजित भइन्। जेमिना रोड्रिगुयजले ५४ बलमा ३८ रन प्रहार गरिन्। अंकुत कौरले अविजित रहँदै १४ बलमा २० रनको योगदान गरिन्।
यसअघि साउथहप्टनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ६ विकेटको क्षतिमा २५८ रन जोडेको हो।घरेलु टोलीका लागि सोफिया डंकलीले अविजित रहँदै ९२ बलमा ८३ रनको योगदान गरिन्। यसैगरी, एलाइस डेभिडसनले ५३ रनको योगदान गरिन्।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच