काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मोबाइल एपबाट एक घण्टाभित्रै श्रम स्वीकृति दिन तयारी थालेको छ । मन्त्रालयले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) लाई स्तरोन्नति गरी यस्तो सुविधा दिन लागेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले फेमिस प्रणाली सुधारको काम भइरहेको र आउँदो शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याउने योजना रहेको बताएका छन् । प्राविधिक टोलीसँगको छलफलपछि प्रणालीलाई सुधार गरेर एपबाटै सेवा दिन सकिने निष्कर्षमा आफूहरू पुगेको उनले सुनाए ।


यो सुविधा आएसँगै पहिलो पटक विदेश जान लागेका वा पहिल्यै गइसकेका दुवै सेवाग्राहीले एपबाट एक घण्टाभित्र श्रम स्वीकृति लिनसक्ने बताइएको छ । अहिले अनलाइन सेवा भएपनि श्रम स्वीकृति लिन कम्तीमा चार-पाँच दिन लाग्ने अवस्था छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच