बर्लिन । जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियस बिहीबार किएभ आइपुगेको मन्त्रालयका एक प्रवक्ताले बताएका छन् । यो भ्रमण रुसले युक्रेनमाथि आफ्ना बमबारीहरू बढाएको बेला भएको छ ।
प्रवक्ताले भ्रमणको विस्तृत विवरण दिएनन् । यो भ्रमण रुसी आक्रमणहरूले युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा तीन जनाको मृत्यु र ६० जना घाइते भएको एक दिनपछि सुरु भएको हो ।
जर्मन चान्सलर फ्रिड्रिक मर्जले पदभार सम्हालेपछि यो पिस्टोरियसको युक्रेनको पहिलो भ्रमण हो । पिस्टोरियसले अन्तिम पटक जनवरीमा युक्रेनको भ्रमण गरेका थिए ।
मस्कोले आफ्नो बमबारी बढाएपछि मङ्गलबार मर्जले युक्रेनमा रुसी ‘नागरिक जनसङ्ख्या विरुद्धको आतङ्क’ को आलोचना गरे ।उनले भने, “रुसको पछिल्लो कार्यहरू गत हप्तामा सैन्य हवाई क्षेत्र र पूर्वाधारमा युक्रेनी आक्रमणको अनुपातमा प्रतिक्रिया बाहेक अरू केही थिएन ।मर्जका यी टिप्पणीहरू जुन १५–१७ मा क्यानडामा हुने जी७ शिखर सम्मेलन र महिनाको अन्त्यमा हुने नाटो बैठकअघि आएका हुन् । सम्मेलनमा सहयोगी राष्ट्रहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई क्रेमलिनलाई दण्डित गर्न थप आक्रामक हुन दबाब दिनेछन् । रासस

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच