भूकम्पपछि रुसको कुरिल द्वीपसमूहमा सुनामी

भूकम्पपछि रुसको कुरिल द्वीपसमूहमा सुनामी

अर्थ चौतारी

भूकम्पपछि रुसको कुरिल द्वीपसमूहमा सुनामी

A A- A+

काठमाडौं– प्रशान्त महासागरमा आएको शक्तिशाली भूकम्पपछि बुधबार बिहान रुसको उत्तरपूर्वी कुरिल द्वीपसमूहमा सुनामीको लहर आएको छ । यसका कारण सेभेरो–कुरिल्स्क तटीय सहरबाट बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ सारिएको क्षेत्रीय अधिकारीहरूले बताएका छन्।सखालिन क्षेत्रका गभर्नर भालेरी लिमारेन्कोका अनुसार, कमचाट्का प्रायद्वीप नजिकै ८.७ रेक्टर स्केलको भूकम्प मापन गरिएपछि केही समयमै पहिलो लहरले सेभेरो–कुरिल्स्कको किनारमा हानेको छ ।अधिकारीहरूले करिब २,५०० जनाको जनसंख्या भएको सहरका बासिन्दालाई तटीय क्षेत्रबाट टाढा उच्च स्थानतर्फ सार्न आदेश दिएका थिए।

सुनामीको खतराबाट पूर्णरूपमा मुक्ति नहुन्जेलसम्म बासिन्दाहरू उच्च स्थानमै सुरक्षित रहनेछन्,’ लिमारेन्कोले भने । उनले थपे, ‘आपतकालीन सेवा उच्च सतर्कतामा छन् र सार्वजनिक सुरक्षाका लागि आवश्यक सबै कदम चालिएको छ।’स्थानीय सञ्चारमाध्यम र अधिकारीहरूले सार्वजनिक गरेका भिडियोहरूमा पानी तटीय क्षेत्रमा पसिरहेको र बासिन्दाहरू उच्च स्थानतर्फ भागिरहेको देखिन्छ, साथमा सुनामीको साइरन बजिरहेको सुनिन्छ।हालसम्म कुनै मानवीय क्षति वा ठूला संरचनात्मक क्षतिको सूचना आएको छैन। तर, सेभेरो–कुरिल्स्कस्थित अलाइड माछा प्रशोधन कारखाना पूरै पानीमा डुबेको छ । त्यहाँका सबै कर्मचारीलाई तुरुन्तै सुरक्षित रूपमा बाहिर निकालिएको छ।

रुसी भू–भौतिक सेवाले सेभेरो–कुरिल्स्कका जलमग्न तटीय क्षेत्रहरूको ड्रोन फुटेज पनि सार्वजनिक गरेको छ।युज्ह्नो–सखालिन्स्क सिस्मिक केन्द्रकी प्रमुख एलेना सेमेनोभाले कमचाट्का नजिकको शक्तिशाली भूकम्पपछि सम्पूर्ण कुरिल द्वीपसमूहमा सुनामीको खतरा घोषणा गरिएको बताइन्।द्वीपहरूमा रहेका विभिन्न बस्तीहरूमा अधिकारीहरूले तटीय क्षेत्रमा निगरानी गरिरहेका छन् र सावधानीस्वरूप स्थानान्तरण जारी राखिएको छ। आपतकालीन सेवा अझै उच्च सतर्क अवस्थामा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?