प्रतिनिधि सभाको बैठक सुरु, तीन मन्त्रीहरुले मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिने {LIVE}

प्रतिनिधि सभाको बैठक सुरु, तीन मन्त्रीहरुले मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिने {LIVE}

अर्थ चौतारी

प्रतिनिधि सभाको बैठक सुरु, तीन मन्त्रीहरुले मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको ...

A A- A+

काठमाडौं, १८ भदौ। प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठकमा सहरी विकास मन्त्री प्रकाशमान सिंह, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी र खानेपानी मन्त्री प्रदीप यादवले मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ।

आजको बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ र ‘सार्वजनिक सेवा प्रसारण विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्नेछन्। मन्त्री पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?