अविरल वर्षाले रसुवागढी सडक अवरुद्ध

अविरल वर्षाले रसुवागढी सडक अवरुद्ध

अर्थ चौतारी

अविरल वर्षाले रसुवागढी सडक अवरुद्ध

A A- A+

काठमाडौं – गएराति देखिको अविरल वर्षाले रसुवागढी पुग्ने सडक अवरुद्ध भएको छ। भोटेकोशीको बाढीले रसुवागढी–स्याफ्रुबेशी सडक अवरुद्ध भएको हो। बाढीले केही पुल र क्याम्प बगाएको छ। बाढी आउने बित्तिकै प्रहरी टोली परिचालन गरेर नदी तटीय क्षेत्रका स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारिएको छ।

रसुवाको भोटेकोशी नदीमा गएराति जलसतह एक्कासी बढेपछि सतर्कता अपनाउन नदी किनारका स्थानीयलाई अनुरोध गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गोसाइकुण्ड गाउँपालिका २ मा ल्हेन्दे खोलामा आएको बाढीले ठुलो क्षति गरेको छ। बाढीले टिमुरेस्थित भन्सार यार्डमा रहेको धर्मकाटा बगाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?