काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेपालको कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको ग्यारेन्टी गर्न पार्टीको महाधिवेशन गर्न लागिएको बताएका छन् । काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनबारे जानकारी दिँदै महासचिव भुसालले कम्युनिस्ट पार्टीको मेसिनबाट जो निस्कन्छ र प्रोसेस हुन्छ त्यो मात्र समाजवादी हुनसक्ने पनि बताए । ‘कम्युनिस्ट पार्टीको मेसिनबाट जो निस्कन्छ र प्रोसेस हुनेछ त्यो मात्र समाजवादी भएर निस्कन्छ’, भुसालले भने, ‘त्यस्तो सङ्गठनात्मक ढाँचाले हामी समाजवादी कार्यक्रम र कार्यदिशामा पुग्न सक्छौ ।’उनले नेपालको कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको ग्यारेन्टी गर्न महाधिवेशनमा जम्मा भएको भन्दै यसअर्थमा इतिहासको यो क्षण असाधारण र महत्वको भएको पनि बताए ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच