काठमाडौं– गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । बैठक बिहान साढे १० बजे गृहमन्त्रालयमा बस्नेगरी बोलाइएको छ ।
दुई दिनदेखिको अवरिल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएपछि राहत तथा उद्धार व्यवस्थापन तथा थप कार्ययोजना तय गर्न गृहमन्त्री लेखकले बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
सुरक्षा समितिको बैठकमा चार वटै सुरक्षा निकायका प्रमुखहरु सहभागी हुनेछन् ।
मन्त्री लेखकले निरन्तरको वर्षाका कारण देशभर नै वर्षा, बाढी, पहिरो र डुबानको समस्या हुनुका साथै जनधनको क्षति हुने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न सबैलाई आग्रह गरेको सचिवालयले भनेको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच