सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई आजै तीन जिल्ला घुमाइयो

सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई आजै तीन जिल्ला घुमाइयो

अर्थ चौतारी

सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई आजै तीन ...

A A- A+

काठमाडौं, २६ मंसिर । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरणमा पक्राउ परेका रवि लामिछानेलाई काठमाडौंबाट पोखरा लगिएको छ । उनलाई पर्सामा बयानपछि काठमाडौं ल्याइएको थियो । बुधबारै पर्साबाट काठमाडौं ल्याएर उनलाई विमानमा पोखरा लगिएको हो । काठमाडौंबाट बुद्ध एयरको जहाजमार्फत उनलाई पोखरा लगिएको हो

लामिछाने गत २ कात्तिकमा पक्राउ परेका थिए । त्यसपछि उनलाई पोखरा लगिएको थियो । सुरुमा उनीविरुद्ध पोखराको सूर्यदर्शन सहकारीमा ठगी गरेकोमा उजुरी परेकाले पोखरा लगिएको हो ।

त्यसपछि रुपन्देही, चितवन र पर्सामा पनि उनीविरुद्ध उजुरी परेपछि ती जिल्लाहरूमा पनि उनको बयान भएको छ । लामिछानेविरुद्ध अमानवीय व्यवहार भएको भनी विभिन्न फोरमहरुमा आवाज उठिरहेको बेलामा आजै तीन जिल्ला घुमाइएको छ । पोखराको पृथ्वीचोकमा लामिछानेको समर्थनमा स्वतन्त्र युवाको नाममा जम्मा भएको समूहले प्रदर्शन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?