पेरिस । आइतबारको रात फ्रान्सका लागि अपेक्षा विपरीत परिणामको रात थियो। संसदीय निर्वाचनको नतिजा अप्रत्याशित थियो ।दक्षिणपन्थी नेसनल र्याली पार्टीलाई रोक्न दोस्रो चरणको चुनावअघि जिन ल्यूक मेलेँशोले वामपन्थी र मध्यमार्गी पार्टीहरूबिच रणनीतिक गठबन्धन बनाउने प्रयासमा प्रमुख भूमिका खेलेका थिए। वाम गठबन्धन न्यु पपुलर फ्रन्ट १८२ सिटसहित पहिलो स्थानमा छ । नराम्ररी पछि परेको म्याक्रोनको मध्यमार्गी पार्टीले अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेको छ ।पहिलो चरणमा सबैभन्दा बढी मत प्राप्त गर्ने दक्षिणपन्थी राष्ट्रिय र्याली तेस्रो भयो। तर तीमध्ये कसैसँग पनि बहुमत नपुगेपछि फ्रान्समा त्रिशङ्कु संसद्को अवस्था सिर्जना भएको छ ।तर, नेसनल र्याली पार्टी सत्तामा आउन नसक्दा धेरैले राहत महसुस गरेका छन् । पछिल्लो मत परिणाम अनुसार ५७७ सिट भएको राष्ट्रियसभामा दलहरूको स्थिति यस्तो छ :
मध्यमार्गी गठबन्धन - १६८
नेसनल र्याली+सहयोगी -१४३
रिपब्लिकन+दक्षिणपन्थी - ६०
अन्य वाम दलहरू - १३
अन्य - ११
नतिजा आएपछि बजारमा उथलपुथल छ । युरोको मूल्य ०.२ प्रतिशतले घटेर अब १.०८ डलर पुगेको छ।मुलुकको राजनीतिक गतिरोधले लगानीकर्ता चिन्तित छन् । सबैभन्दा बढी सिट जितेको वामपन्थी न्यु पपुलर फ्रन्टको गठबन्धनले राष्ट्रपति इमानुएल म्याक्रोनको सुधारवादी एजेन्डालाई अगाडि बढाउन नसक्ने विश्लेषकहरू विश्वास गर्छन्।
बीबीसी

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच