चलचित्र ‘लाज शरणम्’ काे सेन्सर पास

चलचित्र ‘लाज शरणम्’ काे सेन्सर पास

अर्थ चौतारी

चलचित्र ‘लाज शरणम्’ काे सेन्सर पास

A A- A+

काठमाडौं : केन्द्रीय चलचित्र जाँच पास समिति(सेन्सर बोर्ड)बाट चलचित्र ‘लाज शरणम्’ पास भएको छ। आज(आइतबार) सेन्सर बोर्डले ‘लाज शरणम्’लाई सेन्सर पास भएको प्रमाणपत्र प्रदान गरेको हो।

गत मंगलवार पूर्वमन्त्री मोहम्मद आफताव आलमको मुद्दामा सुनुवाइ गर्दै उच्च अदालत पाटनले लाज शरणम्‌को प्रचारप्रसार सामाजिक संजाल र संचारमाध्यममा नगर्न र नगराउन अन्तरिम आदेश दिएको दिएको थियो।

उक्त आदेशले उक्त चलचित्र तोकिएको समयमा प्रदर्शन हुन्छ की हुँदैन भन्ने अन्योलता थियो। तर,अब सेन्सर बोर्डले सेन्सर पास गरेसँगै तोकिएकै समयमा देशभर प्रदर्शनमा आउँदै छ। कुमार कट्टेलबाट निर्देशन भएको उक्त चलचित्र फागुन १४ गतेबाट प्रदर्शनमा आउँदै छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?