प्यालेस्टिनी चिकित्सा स्रोतहरूका अनुसार आईतवार बिहानदेखि गाजा पट्टीका विभिन्न क्षेत्रहरूमा इजरायलीको आक्रमण बाट कम्तिमा ३३ प्यालेस्टिनीको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् । नासेर अस्पतालले एक प्रेस विज्ञप्तिमा भनेको छ कि इजरायली हवाई आक्रमणको श्रृंखलावद्ध रूपमा दक्षिणी गाजापट्टी शहर खान युनिसमा कम्तिमा १० जनाको मृत्यु भएको छ ।प्यालेस्टिनी चिकित्सा स्रोतहरूका अनुसार खान युनिसमा पनि आफ्नो घर पुग्ने प्रयास गर्दा एकै परिवारका तीन सदस्यको मृत्यु भएको छ । यसका साथै खान युनिसको दक्षिणमा प्यालेस्टिनीहरूको भेलामा इजरायली ड्रोन आक्रमणमा पाँच प्यालेस्टिनीको मृत्यु भएको स्रोतहरूले बताएका छन् ।
उत्तरमा अल–शिफा अस्पतालले एक विज्ञप्तिमा भनेको छ कि इजरायली सेनाले बेइत लाहिया क्षेत्रमा नागरिकहरूलाई लक्षित गरेपछि सात जनालाई अस्पतालमा स्थानान्तरण गरिएको छ ।अर्को आक्रमणमा दक्षिणी गाजापट्टी शहर रफाहमा रहेको सहायता वितरण केन्द्र नजिकै दुई जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् । प्यालेस्टिनी चिकित्सा स्रोतहरूका अनुसार मध्य गाजा पट्टीमा रहेको सहायता वितरण केन्द्र नजिकै अन्य तीन जनाको मृत्यु भएको छ । मध्य गाजा पट्टीको नुसेरातमा, एउटा अपार्टमेन्टलाई लक्षित गरी गरिएको तोपखाना आक्रमणमा एक प्यालेस्टिनीको मृत्यु भएको छ र धेरै जना घाइते भएका छन् ।
इजरायली सेनाले अहिलेसम्म यी घटनाहरूमा कुनै टिप्पणी गरेको छैन । मार्च १८ मा, इजरायलले एन्क्लेभमा आफ्नो सैन्य कारबाही पुनः शुरु गरेको छ । इजरायलले आफ्नो तिब्र आक्रमणहरू नवीकरण गरेदेखि कम्तिमा ५ हजार ७१ प्यालेस्टिनीहरू मारिएका छन् । १६ हजार ७ सय जना घाइते भएका छन् । जसले गर्दा अक्टोबर २०२३ देखि कुल मृत्यु हुनेको संख्या ५५ हजार ३ सय ६२ पुगेको छ र १ लाख २८ हजार ७ सय ४१ जना घाइते भएका छन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच