तीन दिनअघि पनि गरिएको थियो ढल्कुमा खुकुरी प्रहार, ‘बदला लिन’ हत्या, १३ जना पक्राउ

तीन दिनअघि पनि गरिएको थियो ढल्कुमा खुकुरी प्रहार, ‘बदला लिन’ हत्या, १३ जना पक्राउ

अर्थ चौतारी

तीन दिनअघि पनि गरिएको थियो ढल्कुमा खुकुरी प्रहार, ‘बदला ...

A A- A+

काठमाडौं । नेपाल प्रहरीले बुधबार (हिजो) दिउँसो साढे ३ बजे सूचना पायो, ‘ढल्कु क्षेत्रमा ‘ग्याङ फाइट’ भयो ।’ लगत्तै प्रहरी वृत्त सोह्रखुट्टेको टोली घटनास्थल पुग्यो ।काठमाडौं महानगरपालिका–१७, पोडेटोलस्थित दुई नम्बर गल्लीमा उक्त घटना हुँदै थियो । छिमेकी–छिमेकीबीच खुकुरीसहित ‘ग्याङ फाइट’को घटना नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे पर्‍यो ।झगडामा उत्रिएका युवादेखि महिलालाई नियन्त्रणमा लिन प्रहरीलाई सकस भएको थियो । त्यसक्रममा खुकुरी प्रहारबाट सोही ठाउँका ३३ वर्षीय अनित पुजारीको घटनास्थलमै मृत्यु भयो । उनको शरीरभरि अन्धाधुन्ध खुकुरी प्रहार गरिएको थियो ।घटना यतिमै रोकिएन । एकापसमा खुकुरी हानाहानका क्रममा थप तीनजना गम्भीर घाइते भए ।आरोपितलाई पक्राउ गर्ने कि पीडितलाई अस्पताल पठाउने भन्ने प्रहरीमाथि दबाब थियो । अनितका दाइ र भाउजू समेत गम्भीर घाइते थिए ।प्रहरीका अनुसार, अनितका दाइ ४९ वर्षीय दिनेश पुजारीको एउटा हातका तीन औँला छिनालिएका छन् । उनकी भाउजू ४२ वर्षीया माया पुजारीमाथि समेत अन्धाधुन्ध खुकुरी प्रहार गरिएको थियो ।

dhalku-ghatana2-1722504916.jpg
घाइतेमध्ये मायाको अवस्था गम्भीर छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उनको उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । मायाका श्रीमान् अर्थात् अनितका दाइ दिनेशको पनि उपचार जारी छ । ट्रमा सेन्टरमा उनको उपचार भइरहेको छ । ट्रमा सेन्टरमै अर्का एक घाइतेको पनि उपचार भइरहेको एसपी अधिकारीले बताए । उनीहरूबाहेक स्थानीय ५२ वर्षीय सुविन्द्र पोडे, ५४ वर्षीय किरण पुजारी, ३९ वर्षीय विक्रम पुजारी र २३ वर्षीय अमृत पुजारी सामान्य घाइते छन् ।

तीन दिनअघि पनि गरिएको थियो खुकुरी प्रहार
प्रहरीका अनुसार, पोडेटोलस्थित इन्द्रेणी मन्दिरको पुनर्निर्माणको काम भइरहेको थियो । मन्दिरको रेखदेखदेखि निर्माणकार्यमा अनित र किरण पुजारी खटिएका थिए । मन्दिरको मर्मत तथा रेखदेखमा सोमबार अनितका दाइ विक्रम र किरण खटिएका थिए । त्यही बेला किरणमाथि खुकुरी प्रहार गरियो । उनी सामान्य घाइते भए । मन्दिर क्षेत्रतिर डुलिरहने रोशन बस्नेतले किरणमाथि खुकुरी प्रहार गरेका थिए । किरणले अनितका दाइ विक्रमको योजनामा आफूमाथि खुकुरी प्रहार गरिएको आंशका गरे । त्यही विषयले उग्ररूप लिँदा बुधबार पुनः खुकुरी हानाहान भएको थियो । रोशनलाई सोमबार नै पक्राउ गरेर प्रहरीले मुद्दा चलाएको छ । बुधबारको घटनामा संलग्न १३ जनामाथि प्रहरीले अनुसन्धान थालेको छ । तीमध्ये ११ जनालाई प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले थुनामा राखेर अनुसन्धान गरिरहेको छ । घटनाका मुख्य आरोपितमध्येका किरण उपचारका क्रममा छन् । पक्राउ पर्नेमा १९ वर्षीय सुजल देउला, ३५ वर्षीय अमृत पुजारी, ३४ वर्षीय सागर देउला, ४६ वर्षीय रवीन्द्र पोडे, २९ वर्षीया कलेनी पुजारी, ३५ वर्षीया टीकामाया पुजारी र २२ वर्षीया सञ्जाली पुजारी छन् । प्रहरीले घटनास्थलबाट एउटा खुकुरी पनि बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?