काठमाडौं । जिल्लाको छत्रेश्वरी गाउँपालिका–१ मा रहेको काल्चे सल्लेरी सामुदायिक वनमा आइतबार दिउँसो लागेको डढेलो बस्तीमा पस्दा दुई वटा घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। दिउँसो करिब १ बजेबाट सुरु भएको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन।
वडा अध्यक्ष प्रकाश हमालका अनुसार आगलागी तीव्र रुपमा फैलिँदा बस्तीमा रहेका अन्य घरहरू पनि जोखिममा छन्। “स्थिति गम्भीर बन्दै गएको छ, आगो नियन्त्रणको प्रयास जारी छ,” उउने बताए ।
आगो नियन्त्रणका लागि ईलाका प्रहरी कार्यालय थारमारे र दमाचौरबाट प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
“प्रहरी तथा स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरिरहनुभएको छ,” जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्सपेक्टर रेशमबहादुर खत्रीले जानकारी दिए । प्रभावित क्षेत्रमा तत्काल राहत र थप सावधानी अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच