वीरगञ्जमा १५ वर्षीया बालिकामाथि छुरा प्रहार

वीरगञ्जमा १५ वर्षीया बालिकामाथि छुरा प्रहार

अर्थ चौतारी

वीरगञ्जमा १५ वर्षीया बालिकामाथि छुरा प्रहार

A A- A+

वीरगञ्ज  । वीरगञ्जमा एक जना बालिकामाथि छुरा प्रहार गरिएको छ ।वीरगञ्ज राधेमाईस्थित विक्रम तिमल्सिनाको घरमा कोठा लिएर बस्दै आएकी पकहा मैनपुर गाउँपालिका-१ की १५ वर्षीया बालिका प्रिया यादवमाथि मंगलबार राति साढे ८ बजे छुरा प्रहार भएको हो ।

 

घरबेटी तिमल्सिनाको घरअगाडि अपरिचित मानिसले यादवमाथि छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

 

बालिका यादवले प्रतिकार गर्दै चिच्याउन थालेपछि छुरा प्रहार गर्ने अज्ञात व्यक्ति त्यहाँबाट भागेका थिए । छुरा प्रहार गर्ने मानिसलाई आफूले नचिनेको पीडित यादवले बताएकी छिन् ।

 

यादवमाथि कसले छुरा प्रहार गरेको खुलिनसकेको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट सख्त घाइते यादवको वीरगञ्जस्थित तराई अस्पतालमा उपचार भइरहेको छ ।

 

घटनाबारे अनुसन्धान तथा आक्रमणमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?