सशस्त्रका १८ जना एसपी र २ सय ३७ जना डीएसपीहरुको सरुवा

सशस्त्रका १८ जना एसपी र २ सय ३७ जना डीएसपीहरुको सरुवा

अर्थ चौतारी

सशस्त्रका १८ जना एसपी र २ सय ३७ जना ...

A A- A+

काठमाडौँ । सशस्त्र प्रहरी बलका १८ जना एसपी र २ सय ३७ जना डीएसपीहरुलाई सरुवा गरिएको छ । निकट भविष्यमा अनिवार्य अवकाश हुने र हाल कमान्ड जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी उपरीक्षकहरूलाई कमान्ड जिम्मेवारीभन्दा अन्यत्र सरुवा गरिएको छ । आइतबारको निर्णयअनुसार उनीहरूलाई सरुवा गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ डीएसपीहरुलाई २०८० असोज १ गते प्रकाशित सशस्त्र प्रहरी नायव उपरीक्षकहरूको कमान्ड पूर्वानुमान सूचीको आधारमा सरुवा गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ । सरुवा गरिएकामध्ये १४ जनाले आश्रित गुल्म र २६ जनाले अनाश्रित गुल्मको ​​जिम्मेवारी पाएका छन् ।पूर्वानुमान सूचीअनुसार कमान्ड जिम्मेवारी नपाएका डीएसपी र अन्य डीएसपीहरुलाई आगामी कमान्डका लागि संगठनले नयाँ पूर्वानुमान सूची प्रकाशन गरिने सशस्त्र प्रहरी बलका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताए ।सशस्त्र प्रहरीले दुई वर्षदेखि निरीक्षकदेखि एसपीसम्म ज्येष्ठता क्रमअनुसार कमान्ड पूर्वानुमान सूची प्रकाशित गरेर सरुवा गर्ने परिपाटी विकास गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?