कवाड व्यवसायीको जिउधन र पेशागत सुरक्षाको माग गर्दै सांसद यादवद्वारा सरकारको ध्यानाकार्षण

कवाड व्यवसायीको जिउधन र पेशागत सुरक्षाको माग गर्दै सांसद यादवद्वारा सरकारको ध्यानाकार्षण

अर्थ चौतारी

कवाड व्यवसायीको जिउधन र पेशागत सुरक्षाको माग गर्दै सांसद ...

A A- A+

काठमाडौं, २५ माघ । नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य नागिना यादवले काठमाडौं महानगरपालिकाले कवाड व्यवासायीमाथि अमानवीय व्यवहार गरेको भन्दै सरकारको ध्यानाकार्षण गराएकी छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले महानगरले कवाड व्यवसाय गरिएको स्थलमा तोडफोड गरेको, सामान जफत गरेको र व्यवसायीहरुमाथि कुटपिट गाली गलौज र अभद्र व्यवहारसमेत गरेको भन्दै सरकारको ध्यानाकार्षण गराएकी हुन् ।

उनले कवाड व्यवसायीको पेशा व्यवसाय गर्न पाउने हक सुरक्षित गरी उनीहरुको जिउधनको रक्षाका लागि सरकारको ध्यानाकार्षण गराईन् । ‘कबाड व्यवसायीमाथि भइरहेका यस्ता खालका अराजक गतिविधिको रोक लगाइ कवाड व्यवसायीहरुको जिउ धनको सुरक्षाको माग गर्दै स्वतन्त्र रुपमा आफ्नो पेशा व्यवसाय गर्न पाउने हकको लागि सम्माननीय सभामुखमार्फत सम्बन्धित मन्त्रीज्यूसमक्ष अनुरोध गर्न चाहन्छु,’– उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?