काठमाडौं । सदनको गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता पक्ष र प्रतिपक्ष दलहरुसँग आज गरेको छलफल निष्कर्ष विहीन भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले अलग अलग र संयुक्त छलफल गरेका थिए । तर सहमति नजुटेपछि आजै साँझ फेरि छलफल गर्ने भन्दै नेताहरु उठेका छन् ।
प्रधानमन्त्रीसँगको छलफलमा सहभागी नेपाली कांग्रेसका नेताहरुले पनि आजै दिउँसो पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गर्नेछन् ।
प्रधानमन्त्रीसँगको छलफलमा सहभागी नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले आफूहरुले सहकारी ठगी प्रकरणको विषयमा पूर्ववत अडान कायम राखेको जानकारी दिए ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच