हलमा लागे सामाजिक कथाको ‘मोदीबेनी’देखि सुपरहिरो फिल्म ‘डेडपुल एण्ड वुल्भरिन’सम्म

हलमा लागे सामाजिक कथाको ‘मोदीबेनी’देखि सुपरहिरो फिल्म ‘डेडपुल एण्ड वुल्भरिन’सम्म

अर्थ चौतारी

हलमा लागे सामाजिक कथाको ‘मोदीबेनी’देखि सुपरहिरो फिल्म ‘डेडपुल एण्ड ...

A A- A+

काठमाडौं । शुक्रबार नेपालमा तीन नयाँ फिल्म रिलिज भएका छन् । नेपाली फिल्म ‘मोदीबेनी’, हलिउडको बहुप्रतीक्षित ‘डेडपुल एण्ड वुल्भरिन’ र बलिउडको ‘औंरो में कहाँ दम था’ हलमा प्रदर्शनमा आएका छन् । नेपाली फिल्म ‘मोदीबेनी’ पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको मिथकको कथावस्तुमा आधारित छ । शव उठेर हिंड्ने र त्यसले समाजमा विपत्ति ल्याउने मिथकको कथामा फिल्म आधारित छ । फिल्मको शीर्ष भूमिकामा वर्षा सिवाकोटी, अमरप्रताप श्रेष्ठ, प्रवीण खतिवडा र सरोज खनालले अभिनय गरेका छन् । शंकर कोइराला निर्देशित ड्रामा जनराको फिल्मको रनटाइम ११५ मिनेट र सेन्सर सर्टिफिकेट पीजी छ । शुक्रबारै नेपालमा हलिउडको प्रतीक्षित सुपरहिरो फिल्म ‘डेडपुल एण्ड वुल्भरिन’ रिलिज भएको छ । अन्तर्राष्ट्रिय बजार भन्दा नेपालमा एक साता ढिलो रिलिज भएपनि बिहानैदेखि मल्टिप्लेक्समा यो फिल्मको शो खचाखच देखिएको छ । लामो समयको अन्तरालपछि नेपालमा मार्वल–डिज्नीको फिल्म रिलिज भएको हो । सान लेभी निर्देशित यो एक्सन-कमेडी फिल्म मार्वल सिनेम्याटिक युनिभर्सका दुई पात्र डेडपुल र वुल्भरिनको कथामा आधारित छ । अंग्रेजी भाषाको यो फिल्ममा रायन रेनोल्ड्स, हयुज ज्याकम्यान र मोरिना बाकारिनको शीर्ष भूमिका छ । ब्रह्माण्डको अस्तित्वका लागि दुई नायकले लड्ने लडाइँको कथा यसमा छ । एडल्ट सर्टिफिकेट प्राप्त गरेको यो फिल्मलाई १८ वर्षभन्दा तलका बालबालिकाले हेर्न पाउँदैनन् । फिल्मको रनटाइम १२८ मिनेट छ । हिन्दी भाषाको फिल्म ‘औंरो मे कहाँ दम था’मा अजय देवगण, तब्बु र जिम्मी शेरगिलको प्रमुख भूमिका छ । रोमान्टिक र थ्रिलर प्रेमकथामा बनेको यो फिल्मलाई नीरज पाण्डेले निर्देशन गरेका हुन् । एक्सन, ड्रामा र रोमान्स जनरामा राखिएको फिल्मको रनटाइम १५० मिनेट र सर्टिफिकेट पीजी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?