काठमाडौं । सरकारले आज काठमाडौंको तीनकुने,कोटेश्वर,त्रिभुवन विमानस्थल लगायतका क्षेत्रमा भएको आगजनी,लुटपाट,तोडफोड र सुरक्षाकर्मीमाथिको आक्रमणको जिम्मेवार पूर्व राजा ज्ञानेन्द्र शाहलाई बनाउने भएको छ ।
गृहमन्त्रालयमा आजको घटनालाई लिएर केहीबेरमा पत्रकार सम्मेलन हुँदैछ । गृहमन्त्री रमेश लेखकले आजको अराजक र हिंसात्मक घटना तथा लुटपाटको जिम्मेवार पूर्व राजा र दुर्गा प्रसाईलाई बनाइने बताएका छन् ।
पूर्व राजाकै उक्साहट र निर्देशनमा विमानस्थलजस्तो संवेदशील क्षेत्रमा आगजनी गरिएको तथा सरकारी र निजी सम्पत्तिमा आगजनी गरिएकोले सबैलाई कानूनी दायरमा ल्याइने मन्त्री लेखकले बताए । सरकारले पूर्व राजालाई जिम्मेवार बनाउने तयारी गरेको खुलासा दिउँसै गरेको थियो ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच