प्रमोद खरेलले उच्च अदालतमा पनि जिते प्रतिलिपि अधिकारको मुद्दा

प्रमोद खरेलले उच्च अदालतमा पनि जिते प्रतिलिपि अधिकारको मुद्दा

अर्थ चौतारी

प्रमोद खरेलले उच्च अदालतमा पनि जिते प्रतिलिपि अधिकारको मुद्दा

A A- A+

काठमाडौं । गायक प्रमोद खरेलले विन्ध्यवासिनी म्युजिक प्रालिविरुद्धको प्रतिलिपि अधिकारको मुद्दा जितेका छन् । मंगलबार भएको सुनुवाइमा न्यायधीशद्वय लेखनाथ पौडेल र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौँको निर्णय सदर गर्ने फैसला सुनाएको छ ।

गायक खरेलले विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मी र लीला शर्माविरुद्धको प्रतिलिपि अधिकार उल्लंघनअन्तर्गतको कसुरको मुद्दा जितेका हुन् ।

प्रतिलिपि अधिकार उल्लंघन गरेको भन्दै खरेलले २०७७ सालमा उक्त कम्पनीविरुद्ध जाहेरी दिएका थिए । सो मुद्दामा काठमाडौँ जिल्ला अदालतले प्रतिलिपि अधिकार उल्लंघनको कसुरमा दोषी ठहर गर्दै १० हजार रुपैयाँ जरिवाना र सर्जकलाई एल्बम फिर्ता गर्न आदेश दिएको थियो ।

सजाय कम भएको भन्दै सरकारी वकिलले उच्च अदालत पाटनमा पुनः मुद्दा दायर गरेको थियो । संचालक रेग्मीले पनि सजाय खारेज गर्न माग गर्दै उच्च अदालत पाटनमा मुद्दा हालेका थिए ।

भएको के हो ?

गायक खरेलले वि.सं २०६७ सालमा सार्वजनिक गरेको आफ्नो तेस्रो एल्बम ‘प्रणय’को विक्री वितरण तथा प्रकाशनका लागि विन्धवासिनी म्यूजिकलाई ५ बर्षका लागि अधिकार दिएको बताएका छन् । जसबापत, आफूले १ लाख १० हजार लिएको, भिडियो निर्माणमा कम्पनीले १ लाख दिने र २ लाख बराबरको प्रमोशन कम्पनीले गर्ने सहमती भएको प्रमोदले उल्लेख गरेका छन् ।

४ लाख १० हजार आफूले पाउने रोयल्टी र आम्दानीबाट असुल गरेर कम्पनी सुरक्षित भएपछि मात्र आफू आम्दानीको हिस्सेदार बन्ने सहमती पनि प्रमोदले गरेका थिए ।

मसँग कानुनी बाटोको विकल्प नै थिएन : प्रमोद खरेल

कम्पनीसँग गरेको ५ बर्षको सम्झौता सकिएपछि आफूले एल्बम फिर्ता मागेको तर कम्पनीका संचालक रेग्मीले एल्बम फिर्ता दिनुको साटो उल्टै आफूलाई सामाजिक संजालबाट बदनाम गराउन थालेको भन्दै प्रमोदले आफूले निकै नै कष्टकर समय बिताएको बताइसकेका छन् ।

यो बिषय अदालतसम्म पुग्नुपर्ने बिषय किन बन्यो त, प्रमोद भन्छन्, ‘एकतर्फी रुपमा गालीगलौच गर्ने, बिचका मानिसले मिल्ने कुरा गर्दा पनि मिल्न नखोज्ने, मेरो मानहानी गरेपछि म त डिप्रेसनमै पुगिसकेको थिएँ । कुनै नयाँ कलाकार भएको भए कि त डिप्रेस भएर बस्थ्यो कि त यो क्षेत्र नै छाडेर हिडिसक्थ्यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?