एमाले टुङ्ग्यायो मन्त्री बन्नेको नाम, को को बन्दै छन् ?

एमाले टुङ्ग्यायो मन्त्री बन्नेको नाम, को को बन्दै छन् ?

अर्थ चौतारी

एमाले टुङ्ग्यायो मन्त्री बन्नेको नाम, को को बन्दै छन् ...

A A- A+

काठमाडौँ– नेकपा एमालेले मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ । एमालेले सोमबार बिहान मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको हो ।जस अनुसार विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने भएका छन् । यस्तै, पृथ्वीसुब्बा गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।राष्ट्रिय सभा सांसद देवेन्द्र दाहाल भौतिक योजनामन्त्री बन्ने भएका छन् भने विद्या भट्टराईले शिक्षा मन्त्रीको जिम्मेवारी पाउने भएकी छिन् ।यसैगरी, मानवीर राई रक्षा, दामोदर भण्डारी उद्योग, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी र राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्ने भएका छन् ।प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओली र नयाँ मन्त्रीहरूले आजै बिहान ११ बजे शपथ लिने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?