काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता रघुजी पन्त शिक्षामन्त्री बन्ने पक्का जस्तै भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी दिन तयारी गरेका हुन्।
यसअघि शिक्षामन्त्री रहेकी विद्या भट्टराईले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री ओली नयाँ नियुक्तिको तयारीमा लागेका हुन्। बालुवाटार स्रोतका अनुसार पन्तको नाम सिफारिस भई शीतल निवासमा पठाइसकिएको छ।
रघुजी पन्त एमालेका पुराना र अनुभवी नेतामध्ये एक हुन्। विभिन्न समयमा सांसद, संसदीय समितिमा सदस्य तथा पार्टीका महत्वपूर्ण जिम्मेवारीमा रहेका पन्तले शिक्षा क्षेत्रमा पनि गहिरो चासो राख्दै आएका छन्। एमाले स्रोतका अनुसार उनलाई मन्त्री बनाउने निर्णयसँगै शिक्षा क्षेत्रमा नयाँ ऊर्जा र सुधार ल्याउने आशा गरिएको छ।
बालुवाटार निकट स्रोतका अनुसार मन्त्रिपरिषद् पुनर्गठनको सन्दर्भमा पन्तको नाममा प्रधानमन्त्री ओली र राष्ट्रपतिबीच सहमति भैसकेको छ । औपचारिक घोषणा केही दिनभित्रै हुने अनुमान गरिएको छ।
यस नियुक्तिसँगै ओली नेतृत्वको मन्त्रिपरिषद्मा फेरबदल सुरु भएको संकेत मिलेको छ, जसअन्तर्गत केही अन्य मन्त्रालयमा पनि नयाँ अनुहारको प्रवेश हुनसक्ने देखिएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच