असारमा १९ फिल्मलाई निर्माण इजाजत, कुन-कुनले पाए ?

असारमा १९ फिल्मलाई निर्माण इजाजत, कुन-कुनले पाए ?

अर्थ चौतारी

असारमा १९ फिल्मलाई निर्माण इजाजत, कुन-कुनले पाए ?

A A- A+

काठमाडौं । असार महिनामा १९ फिल्मले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएका छन् । मिलन तामाङको निर्माण तथा निर्देशनमा फिल्म ‘कहाँ भेटिएला’ बन्ने भएको छ । यो फिल्मका कलाकारमा केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, धीरज मगर, बुद्धि तामाङ, श्यामाश्री शेर्पा उल्लेख छ । अनिल बीडीआरको निर्देशनमा फिल्म ‘कहर’ बन्ने भएको छ । आरएल लामाको निर्देशनमा फिल्म ‘जुन’ बन्ने उल्लेख छ ।

खगेन्द्र लामिछानेलाई शीर्ष भूमिकामा लिएर दीपेन्द्र के खनालले ‘क्याप्टेन साब’ निर्देशन गर्ने भएका छन् । सचन थापाले यो फिल्मको लागि निर्माण इजाजत लिएका छन् ।निरुता सिंहलाई शीर्ष भूमिकामा लिएर जिबी आग्रीले फिल्म ‘मासुभात’को लागि निर्माण इजाजत लिएका छन् ।

सरोज न्यौपानेको निर्माण र सुरज सुनुवारको निर्देशनमा बन्ने फिल्म ‘घोस्टेल’ले निर्माण इजाजत लिएको छ । राहुल बराइलीले निर्देशन गर्ने ‘खेलाडी’ले पनि अनुमति पाएको छ ।एभरेस्ट सूर्य बोहराको निर्देशनमा बन्ने ‘इन्द्रेको बाउ चन्द्रे’, परशुराम चौधरीले ‘बहौरिया’, अरुणकुमार प्रधानले ‘किराँत राजा यलम्बर’ निर्देशनको लागि निर्माण इजाजत लिएका छन् ।

राजेन्द्र बस्नेतले निर्देशन गर्ने ‘सिस्ने कहाँ छ’, राजु कर्मकारले ‘पजल’, कृषा चौलागाईंले ‘जहाजैमा’, सन्तोष कँडेलले ‘होस्टेल अगेन’ बनाउन निर्माण इजाजत लिएका छन् ।सेभेन सिज इन्टरन्यासनल फिल्म्सका प्रतीक सुवेदी र रमेश ढकालले ‘मानिस हराएको सूचना’ र ‘टिका : स्टेटलेस सोल’ निर्माणको इजाजत लिएका छन् ।

‘मानिस हराएको सूचना’लाई महेश दवाडी र ‘टिका : स्टेटलेस सोल’लाई शंकर कार्कीले निर्देशन गर्नेछन् । दीपेन्द्र लामाको निर्देशनमा बन्ने ‘मुनामदनको ब्रेकअप’ले पनि निर्माण इजाजत लिएको छ । रुपेश तामाङले पूजा शर्मालाई लिएर फिल्म ‘एक्का तीन’ बनाउनेछन् । बुद्धिमान सुनारीले फिल्म ‘लहर’ निर्माणको लागि बोर्डबाट इजाजत लिएका छन् ।निर्माण इजाजतको यो सूची भेरिफाइ गर्दा निर्माताले दर्ता गर्ने प्रयोजनको लागि मात्र अधिकांश कलाकारको नाम उल्लेख गरेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?