काठमाडौं । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापानको १२ औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ।भर्च्युअल भोटिङमार्फत भएको निर्वाचनमा अध्यक्षमा सुभाष लामिछानेले ७ हजार १ सय ५२ मत लिई विजयी भएका छन्। उनका प्रतिद्वन्दी सिध्दार्थ श्रेष्ठले ५ हजार १ सय ९३ मत प्राप्त गरेका छन्। सुभाष लामिछाने नेपाली चलचित्र निर्माता समेत हुन्।
उनले सायद २ र लाउरे नामक चलचित्रमा लगानी गरेका छन् भने जापानमा नेपाली चलचित्रको प्रदर्शन गराउनेमा सुभाष अग्रणी स्थानमा आउने गरेका छन्। साथै उनले जापानमा थुप्रै नेपाली कार्यक्रमहरुको आयोजना समेत गर्दै आइरहेका छन्। तेसैले पनि सुभाष जापानबसी नेपाली माझ लोकप्रिय छन्।
एनआरएन जापानको कुल मतदाता संख्या १८ हजार ३ सय १४ रहेकोमा १२ हजार ३ सय ४५ (६७ दशमलव ४१ प्रतिशत) मत खसेको निर्वाचन समितिले जनाएको छ । यसैगरी ६ हजार ४ सय १८ मत प्राप्त गरी वरिष्ठ उपाध्यक्षमा टिकाराम खरेल विजयी भएका छन् भने उनका प्रतिद्वन्दी कृष्ण गैरे शर्माले ५ हजार ९ सय २७ मत प्राप्त गरेका छन् ।
यसैगरी क्षेत्रीय उपाध्यक्षमा विष्णुप्रसाद सुबेदी (विश्व) ले ६ हजार ९ सय ८३ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्दी हरिप्रसाद कँडेलले ५ हजार ३ सय ६२ मत प्राप्त गरेका छन् । यसैगरी तीन जना खुल्ला उपाध्यक्षहरुमा क्रमशः मुक्तिराम खनाल (बिनोद) ८ हजार ७ सय २, दिलिप कँडेल ६ हजार ९ सय ४९, दिपक सुनार ६ हजार १ सय १ मत प्राप्त गरी विजयी भएका छन् । भने नारायण सुबेदी ५ हजार ९ सय २८, दिपेश खत्री (केसी) ५ हजार ७ सय ८३, रुद्र मल्ल (मनोज) ले ३ हजार ५ सय ७२ मत प्राप्त गरेका छन् । यसैगरी महासचिवमा श्यामकुमार श्रेष्ठ (श्याम शितल) ले ६ हजार ३ सय ८४ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्दी विश्वास गौतम (खगराज) ले ५ हजार ९ सय ६१ मत प्राप्त गरे ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच