काठमाडौं । फिल्म ‘नरसिंहा अवतार’मा अभिनेता राजेश हमालको अपोजिटमा नीति शाह कास्ट हुने भएकी छन् । निर्देशक दिवाकर भट्टराईले अभिनेत्री शाहलाई लिड फिमेल भूमिकामा अनुबन्धित गरिएको जानकारी दिए । नीतिले पनि यो फिल्ममा आफू कास्ट भएको जानकारी दिइन् । केही महिनाअघि नीतिलाई साइन गराइए पनि मेकरले यो खबरलाई गोप्य राखेका थिए । नीतिको कास्टिङबारे औपचारिक जानकारी दिने तयारी छ । यसबारे निर्देशक भट्टराईले भने, ‘इमोसन र ब्युटीको हिसाबले उहाँ यसमा पर्फेक्टरुपमा प्रस्तुत हुँदै हुनुहुन्छ । दर्शकसँग कनेक्ट गर्ने भूमिकामा उहाँ देखिनुहुनेछ ।’ केही दिनमा राजेश र नीति दुवैले फिल्मको वर्कसप ज्वाइन गर्ने जनाइएको छ । यो एक्सन तथा सोसल ड्रामा फिल्मको छायांकन भदौ अन्त्यदेखि सुरु गर्ने तयारी छ । ‘नरसिंहा अवतार’बाट राजेश हमाल पुनरागमनको तयारीमा छन् ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच