जनकपुरधाम । अल्पमतमा परेका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने तयारी गरेका छन् ।मुख्यमन्त्री यादवको विश्वासको मतका लागि आज दिउँसो ३ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ । आफूले विश्वासको मत लिने भनेर मुख्यमन्त्री यादवले मंगलबार मात्र प्रदेश सभा सचिवालयमा पत्र पठाएका थिए ।उनले विश्वासको मत नपाउने निश्चित जस्तै छ । त्यसैले विश्वासको मत लिने वा राजीनामा दिने भन्ने विषयमा आज दिउँसो १० बजे बस्ने जसपा संसदीय दलको बैठकले तय हुने एक सांसदले बताए ।वैशाख २३ मा मुख्यमन्त्री यादव रहेको जसपा नेपाल विभाजन भएको थियो । ३० वैशाखमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकार छाड्दै समर्थन फिर्ता लिएको थियो ।पार्टी विभाजनको आधारमा सरकारको नेतृत्व गर्ने दलका मुख्यमन्त्रीले ३० दिन भित्र वा सत्ताधारी दलले सरकारबाट समर्थन फिर्ता लिएको आधारमा ३० दिन भित्र विश्वासको मत सदनबाट लिनुपर्ने प्रावधान छ ।सरकारमै रहेको नेकपा एकीकृत समाजवादीले पनि मंगलबार समर्थन फिर्ता लिंदा मुख्यमन्त्री यादव सदनमा विश्वासको मत गुमाउने निश्चित देखिन्छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच