जनैपूर्णिमाको अवसरमा गोसाइँकुण्डमा भक्तजनको घुइँचो

जनैपूर्णिमाको अवसरमा गोसाइँकुण्डमा भक्तजनको घुइँचो

अर्थ चौतारी

जनैपूर्णिमाको अवसरमा गोसाइँकुण्डमा भक्तजनको घुइँचो

A A- A+

रसुवा– जनैपूर्णिमाका अवसरमा रसुवाको गोसाइँकुण्डमा स्नान एवं पूजाआजा गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ ।

समुद्र सतहदेखि १४ हजार एक सय फिट उचाइमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा बिहान सबेरैदेखि स्नान एवं पूजाआजा गर्ने भक्तजनको घुइँचो लागेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

जनैपूर्णिमाको दिन पूजाआजा गर्नाले सम्पूर्ण देवताको दर्शन पाई मनोकाङ्क्ष पूरा हुने धार्मिक विश्वासका साथ भक्तजन कुण्ड अर्थात् निलाद्री पर्वत पुग्ने गर्दछन् ।भक्तजन स्नानका लागि निलाद्री पर्वत जानेक्रम जारी रहेको समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए ।लाङ्टाङ राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मिलन सापकोटाले गोसाइँकुण्ड आएका तीर्थयात्रीलाई निकुञ्जद्वारा सहजीकरण भैराखेको बताए ।तीर्थस्थलमा भक्तजनको चाप बढ्ने भएका कारण प्रहरी निरीक्षकको कमाण्डमा यथेष्ट सुरक्षा गस्ती परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख केशव भट्टराईले बताए ।लेक लागेका यात्रीलाई हिमालय उद्वार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर मार्फत् प्राथमिक उपचार गरिरहेको छ ।प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बिरामी परी जोखिम अवस्था पुगेकालाई उद्वार टोली तयारी अवस्थामा राखिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?