बेचन तर्फका कानुन व्यवसायीको बहस पूरा, जाहेरवालाको तर्फबाट आइतबार बहस

बेचन तर्फका कानुन व्यवसायीको बहस पूरा, जाहेरवालाको तर्फबाट आइतबार बहस

अर्थ चौतारी

बेचन तर्फका कानुन व्यवसायीको बहस पूरा, जाहेरवालाको तर्फबाट आइतबार ...

A A- A+

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा तर्फका कानुन व्यवसायीले आफ्नो बहस पूरा गरेका छन् । शुक्रबार वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद सापकोटा, महादेव यादव, अधिवक्ता पुरुषोत्तम अर्याल र मणिराम उपाध्यायले झाको तर्फबाट बहस गरेका हुन् ।

शुक्रबार अधिवक्ता यज्ञमणी न्यौपानेले जाहेरवालाको तर्फबाट बहस गर्न खोजेपछि बेचन तर्फका कानुन व्यवसायीले असहमति जनाए । न्यौपानेले बहस गर्न पाउनुपर्ने जिकिर गरेपछि न्यायाधीश तीर्थराज केसीले उनको वकालतनामा हेर्न आदेश गरेका थिए । यसअघि उनले प्रतिवादी रामशरण केसीको तर्फबाट बहस गरेको भेटिएको छ ।जाहेरवालको तर्फबाट सरकारी वकिल कार्यालयका सन्तोषराज कटुवालले बहस गरेका छन् । जाहेरवालाको तर्फबाट थप कानुन व्यवसायीले बहस गर्न खोजेपछि न्यायाधीश केसीले इजलासमा भने, ‘मुद्दा हेर्दाहेर्दैमा राखेर अर्को दिन बहस सुन्छु ।’बहस अवधिभर बेचन इजलासमा चुपचाप बसिरहे । सेतै दाह्री भएका झाले अदालतमा र प्रहरीमा इन्कारी बयान गरेका छन् । प्रतिवादी मध्येका रामशरण केसीले उनलाई दुई करोड रकमको चेक दिएको बयान दिएका थिए । बेचनले सो तथ्य अस्वीकार गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?