काठमाडौं । गायिका समीक्षा अधिकारीले ‘बहुरुपी औरत’ भन्दै अभिनेत्री पूजा शर्मालक्षित कटाक्ष गरेकी छन् ।
बुधबार अपरान्ह फेसबुकमा उनको स्टाटस छ, ‘अस्ति सिनेमा चलाउन रोएको नाटक गरेऊ । हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ पर्यौ । आज फेरि आफ्नो फाइदाका लागि उतैतिर चाकडी गर्दै रहेछौ । बहुरुपी औरत ।’



फिल्म र सेलिब्रेटीको गतिविधि पछ्याउनेलाई समीक्षाको कटाक्ष कसतर्फ लक्षित हो भन्ने बुझ्न कठिन छैन । उनले पूजाको नाम नलिएरै उनीमाथि तीव्र व्यंग्य गरेकी हुन् ।
‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको बेला फिल्म चलाउन पूजालाई रोएको आरोप लागेको थियो । त्यसपछि उनी समीक्षासँग निकट भएको सामाजिक सञ्जालमा उनका पोस्टबाट देखिएको थियो । पूजा र समीक्षाले टिकटक भिडियो बनाउँदै नजिक भएको सन्देश पनि दिए ।



समीक्षाले स्टाटसलाई ‘उसै’लाई भन्दै पलतर्फ संकेत गरेकी छन् । अहिले पल र पूजा निकट भएका छन् । यी दुईले ‘रावायण’मा सहकार्य गर्दैछन् । यसबाहेक रेखा थापाको आगामी रिलिज ‘उपहार’मा पूजा नायिका हुन् भने समीक्षा पार्श्व गायिका ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच