बिर्तामोडमा हात्तीले चार घरमा क्षति पुर्‍यायो

बिर्तामोडमा हात्तीले चार घरमा क्षति पुर्‍यायो

अर्थ चौतारी

बिर्तामोडमा हात्तीले चार घरमा क्षति पुर्‍यायो

A A- A+

बनियानी । जिल्लाको बिर्तामोड नगरपालिका–७ स्थित डाँडागाउँमा गएराति हात्तीले चारवटा घरमा क्षति पुर्याएको छ । राति आएका चारवटा हात्तीले चार घरमा क्षति पुर्‍याएको हो ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले हात्तीले ती घरमा क्षति पुर्‍याउँदा रु तीन लाख १० हजार बराबरको क्षति भएको जानकारी दिए । हात्तीले स्थानीय नवराज लिम्बू, डम्बर विक, सोनु सुनुवार र खगेन्द्र घिमिरेको घरका पर्खाल भत्काउनाका साथै घरभित्र अन्नपातसमेत नष्ट गरेको उनले बताए ।बिर्तामोड–७ का वडाध्यक्ष कृष्णप्रसाद खरेलले अस्थायी प्रहरी चौकी गारामनीमा हात्ती बस्ती पसेर स्थानीयको घरमा क्षति पुर्‍याएको विषयमा जानकारी गराइएको बताए । घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?