घनश्याम भुसालको व्यंग्य:”आई लभ यू केपी बा” भन्न युवालाई सडकमा उतार्दै”

घनश्याम भुसालको व्यंग्य:”आई लभ यू केपी बा” भन्न युवालाई सडकमा उतार्दै”

अर्थ चौतारी

घनश्याम भुसालको व्यंग्य:”आई लभ यू केपी बा” भन्न युवालाई ...

A A- A+

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कडा प्रहार गरेका छन्। कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै भुसालले देश गम्भीर संकटमा डुबिरहेको बेला ओली भने "आई लभ यू केपी बा" भन्ने युवाको खोजीमा लागेको भन्दै कटाक्ष गरेका हुन् ।

भुसालका अनुसार, देशमा विश्वासको संकट चुलिँदै जाँदा पनि ओली नेतृत्वले जनताको आवाज सुन्नेभन्दा पनि आफूलाई समर्थन गर्ने भिड देखाउनमा लागेको आरोप लगाएका छन् । “देश डुब्दैछ, तर ओलीलाई चाहिएको छ नाम, मान्छे जम्मा गरेर केपी बा भनाउने सपना देखिरहनु दुर्भाग्य होइन त?” उनले प्रश्न गरे।

एमालेले वैशाख ११ गते ४० वर्षमुनिका एक लाख युवालाई काठमाडौंमा उतारेर युवा उत्सव गर्ने तयारी गरिरहेको छ। भुसालले भने, “युवाहरूले ओलीको जयगान होइन, अब क्रान्तिको हिसाब माग्ने बेला आएको हो।”

उनले ओली र उनको पार्टी एमालेलाई जनताको पीडा र मुलुकको गम्भीर परिस्थितिप्रति संवेदनशील नभएको आरोप समेत लगाए। "एमाले भनेको अहिले ओली हो, ओली भनेको अरु कसैको कुरा नसुन्ने मान्छे हो," भन्दै उनले टिप्पणी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?