गुहार माग्दा माग्दै डुबे तीन किशोरी, छेउकाले हेरिरहे जोगाउन सकेनन्

गुहार माग्दा माग्दै डुबे तीन किशोरी, छेउकाले हेरिरहे जोगाउन सकेनन्

अर्थ चौतारी

गुहार माग्दा माग्दै डुबे तीन किशोरी, छेउकाले हेरिरहे जोगाउन ...

A A- A+

कैलाली । सोमबारदेखि सन्नाटा छाएको कञ्चनपुर पुनर्वास नगरपालिका–५ (ग) गाउँ अझै तङ्ग्रिएको छैन । त्यो दिन गाउँका तीन किशोरी एकै छिनमा एकै चिहान भए ।

सबैतिर बाढीले वितण्डा मच्चाइरहेको थियो ।प्रहरी प्रशासन उद्धारमा केन्द्रित थियो । करिब करिब सबैलाई सुरक्षित स्थलमा सारिसकेपछि उद्धार सामाग्री, प्रहरी र जनशक्ति फर्किसकेका थिए । त्यतिकैमा तीन जान किशोरी रातोखालेको पानीका डुबेर बेपत्ता भएको सूचना आयो ।

१५ वर्षीया लक्ष्मी बोगटी, १५ वर्षीया सृजना बोगटी र १६ वर्षीया आरती बोगटी बेपत्ता भएको खबर उनीहरूसँगै रहेकी १२ वर्षकी अञ्जली बोगटीले सबैलाई खबर गरेपछि बेपत्ता भएकाहरूको खोजी सुरु भएको थियो ।

अञ्जलीलाई पनि डुब्दा डुब्दै जोगाएको पुनर्वास नगरपालिका–५ का वडाध्यक्ष पदम बहादुर रोकायाले जानकारी दिए ।

‘उनीहरु चारै जना डुबेका थिए । अञ्जली नजिकै भएको हुँदा उनको सहजै उद्धार भयो । अरू गुहार माग्दा माग्दै बेपत्ता भए’ वडाध्यक्ष रोकायाले भने ।

त्यो बेलासम्म उद्धार सामाग्री पनि नगरपालिका लगिसकिएको थियो । उद्धार सामाग्री ल्याएर त्यहाँ पुग्दासम्म उनीहरुको मृत्यु भइसकेको थियो ।

डुबेर ज्यान गुमाएका तीनै जना गौरीशङ्कर माध्यमिक विद्यालयमा ९– १० मा अध्ययनरत थिए । उनीहरुमध्ये केहीका अभिभावक समेत घरमा छैनन् । बुवा आमा घरमा नहुँदा डुबेर ज्यान गुमाएका बोगटी परिवार अझै शोकमा छ।

तत्काल नै उनीहरुको उद्धार भएको भए तीनै जनाको ज्यान जोगिन सक्ने स्थानीयले बताएका थिए । उनीहरु डुबेपछि गुहार मागिरहेको र छेउमा रहेकाहरूले समेत उद्धार सामाग्री नहुँदा जोगाउन नसकेको प्रहरीले जनाएको छ ।

सोमबार डुबेर ज्यान गएका तीनै जना किशोरीको सामूहिक दाहसंस्कार गरिएको छ । तीन जनाको दोदा घाटमा सामूहिक दाहसंस्कार गरिएको हो । दाहसंस्कारमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारी पनि सहभागी थिए ।

उनले पीडित परिवारलाई भेटेर संवेदना प्रकट गर्दै सान्त्वना दिए । त्यस क्रममा मुख्यमन्त्री सोडारीले पीडित परिवारलाई क्षतिपूर्तिस्वरुप प्रदेश सरकारले आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?