अमेरिकी विश्वविद्यालयमा सन्ध्या आरती

अमेरिकी विश्वविद्यालयमा सन्ध्या आरती

अर्थ चौतारी

अमेरिकी विश्वविद्यालयमा सन्ध्या आरती

A A- A+

अमेरिकी विश्वविद्यालयमा सन्ध्या आरती गरेका छन्। मेक्सिको विश्वविद्यालयमा नेपाली विद्यार्थी सङ्घले श्रावणको शुभ हिन्दु महिनाको सोमवारको दिन पारी सन्ध्या आरती गरेका छन्। ५० भन्दा बढी भक्तजनहरूको सहभागिता रहेको उक्त कार्यक्रम विश्व शान्ति र सबैको कल्याणका लागि विश्वविद्यालयको डक पोन्डमा आयोजना गरिएको थियो ।

No description available.

साँझको कार्यक्रममा सङ्घका अध्यक्ष इ. जनक राज अवस्थीले परम्परागत पूजा र आरती गरेका थिए भने अन्य विद्यार्थीहरूले प्रसाद वितरण गरेका थिए। कार्यक्रममा विश्वविद्यालय समुदायका सबै उमेर समूहका मानिसहरूलाई एकै ठाउँमा ल्याएर प्रसाद वितरण र भजन गाउने व्यवस्था मिलाइएको थियो। यो उत्सवले विश्वविद्यालयमा नेपाली समुदायबिचको सम्बन्धलाई मजबुत बनाउन मद्दत गरेको छ ।

युनिभर्सिटी अफ न्यु मेक्सिकोको नेपाली विद्यार्थी सङ्घले क्याम्पसमा जीवन्त सांस्कृतिक आदानप्रदानलाई बढवा दिँदै दीपावली, दसैँ, होलीलगायतका विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्न सक्रिय रूपमा संलग्न रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?