सडक अनुगमनमा निस्किइन् उपमेयर डंगोल

सडक अनुगमनमा निस्किइन् उपमेयर डंगोल

अर्थ चौतारी

सडक अनुगमनमा निस्किइन् उपमेयर डंगोल

A A- A+

काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल धुलोरहित सडक निर्माणको अनुगमनमा निस्किएकी छिन् ।

बिहीबार डंगोल सहित प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँई, सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, वडाध्यक्ष ख्यामराज तिवारी, सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्य, योजना, अनुगमन तथा मूल्यांकन एकाइका प्रमुख सुमित्रा सुवेदी लामिछानेसहित प्राविधिकहरू अनुगमनमा निस्किएका हुन् ।

उक्त टोलीले लैनचौर मार्गमा गरिएको अस्फाल्ट (सडकमा कालोपत्रे थप गर्ने) को अनुगमन गरेको छ । अनुगमनका क्रममा बाहिरी आँखाले देखिएका त्रुटि सुधार गर्न निर्देशन दिँदै प्राविधिक प्रतिवेदन डंगोलले मागेकी छन् ।

उक्त सडक ४३४ मिटर लामो छ । महानगर गौरव योजना ‘धुलोरहित सडक’ कार्यक्रमअन्तर्गत सडकमा ओभरलेइङ् गरिएको हो । सडक महानगरपालिकाको उत्तरी क्षेत्र (वडा नम्बर १, २, ३, ४, ५, २६, २८, २९ र ३० का सडक ओभरलेइङ् भइरहेको छ ।

करिब ९० करोड रुपैयाँ लागत अनुमान गरिएको योजनाका लागि सार्वजनिक खरिद प्रक्रियाबाट ७३ करोड रुपैयाँमा सम्झौता भएको छ। यसअन्तर्गत अहिलेसम्म करिब २० करोड रुपैयाँ बराबरको काम सम्पन्न भइसकेको छ । सडक २०८३ असार मसान्तसम्म बनाउने सम्झौता छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?