लमजुङ– पहिराले आज बिहानैदेखि अवरुद्ध बेँसीसहर–चामे सडकको लमजुङ खण्ड पुनः सञ्चालन भएको छ । बेँसीसहर नगरपालिका–६ खरखरेभीर र मर्स्याङ्दी गाउँपालिका–४ जगत नजिकै हावाडाँडामा गएको पहिरो हटाएसँगै पुनः सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।पहिरो हटाएर सडक सञ्चालनमा आए पनि फेरि ठूलो वर्षात् भएमा कुनै पनि बेला सडक अवरुद्ध हुन सक्ने प्रहरी निरीक्षक थानेश्वर चपाइँले बताए। बाढीले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग पनि सञ्चालन हुन थालेको छ । अविरल वर्षासँगै आज बिहान मध्य नेपाल नगरपालिका–६ पिस्ती खोलामा आएको बाढीले अवरुद्ध सडक पानीको सतह घटेसँगै सवारी सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच