काठमाडौं । जनता समाजवादी पार्टी नेपालले ८ सदस्यीय सचिवालय गठन गरेको छ। असोज २, ३ र ४ गते पार्टी केन्द्रीय कार्यकारिणी समिति बैठकले सचिवालय गठन गरेको हो।
विधानको धारा‐ ३२ अनुसार सचिवालय गठन भएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।सचिवालयमा पार्टी अध्यक्ष उपेन्द्र यादव, सहअध्यक्ष रकम चेमजोङ, उपाध्यक्ष राजकिशोर यादव, उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादव, उपाध्यक्ष शिवलाल थापा मगर, उपाध्यक्ष विद्युत बज्राचार्य, महासचिव लालबाबु राउत, महासचिव रामकुमार शर्मा र सचिव लिलादेवी सिटौला छन्। जसपा, नेपालमा २१ सदस्यीय पदाधिकारी छन्। गत भदौ १० गते बसेको बैठकले पदाधिकारीहरूको टुंगो लगाएको थियो।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच