रोजगारीको अभावमा युवाहरु विदेशिनुपर्ने अवस्था छः मन्त्री अर्याल

रोजगारीको अभावमा युवाहरु विदेशिनुपर्ने अवस्था छः मन्त्री अर्याल

अर्थ चौतारी

रोजगारीको अभावमा युवाहरु विदेशिनुपर्ने अवस्था छः मन्त्री अर्याल

A A- A+

जनकपुरधाम – श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले धेरैभन्दा धेरै युवाहरूलाई आफ्ना उद्योगमा रोजगारी दिन उद्योगीहरूलाई आग्रह गरेका छन्।शनिबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा श्रमाधान रोजगार मेलाको उद्घाटन गर्दै मन्त्री अर्यालले मधेशमा रोजगारीको व्यापक समस्या रहेको र यहाँबाट ठूलो संख्यामा युवाहरू रोजगारीका लागि विदेशिने गरेको बताए।उनले स्वदेश र विदेशमा रहेका नेपाली श्रमिकलाई धेरै समस्या आउने गरको भन्दै एउटै माध्यमबाट समस्या संकलन र समाधान गर्न श्रमाधान रोजगार मेला सुरू गरिएको बताए।यस मेलाबाट अहिले नै ठ्याक्कै यतिलाई रोजगारी दिन सकिन्छ भन्ने ग्यारेन्टी नभए पनि श्रमिक र रोजगारदाताका समस्या आवश्यकताबारे बुझ्ने र दीर्घकालीन रूपमा श्रम क्षेत्रका समस्या सामधानका लागि महत्वपूर्ण भूमिका खेल्ने मन्त्री अर्यालले विश्वास व्यक्त गरे।उनले सुझाव संकलन गर्न, देशमा रोजगारीका अवसर वृद्धि गर्न र देखिएका समस्या समाधान गर्न श्रमाधान सुरू गरिएको र भविष्यमा यसलाई अझ व्यापक बनाउँदै लगिने बताए।मेलामा रोजगारीसहितको स्टल रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव एंव मेलाका मधेस प्रदेश संयोजक दीपेन्द्र पौडेलले बताए।कामको खोजीमा रहेका युवाहरूको अन्तर्वार्ता रोजगारदाताले मेलामै लिने र आवश्यक परेको जनशक्तिलाई रोजगारीको अवसर दिइने गरी मेला लगाइएको उनले बताए। मेलामा श्रम तथा रोजगारसँग सम्बन्धित सरकारी निकायको स्टल, रोजगारदाता, म्यानपावर व्यवसायी, विभिन्न सामाजिक संस्थाहरूलगायत ३५ भन्दा बढी स्टलहरू रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?