महेन्द्रनगरबाट काठमाडौँ आउदै गरेको बस दुर्घटना : १५ जना घाइते, दुईको अवस्था गम्भीर

महेन्द्रनगरबाट काठमाडौँ आउदै गरेको बस दुर्घटना : १५ जना घाइते, दुईको अवस्था गम्भीर

अर्थ चौतारी

महेन्द्रनगरबाट काठमाडौँ आउदै गरेको बस दुर्घटना : १५ जना ...

A A- A+

चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।  महेन्द्रनगरबाट काठमाडौंतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस दुर्घटना हुँदा उनीहरू घाइते भएका हुन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?