काठमाडौं । अन्त:शुल्कको स्टिकर खरिदमा ३८ करोड ६७ लाख रुपैयाँ भ्रष्टाचार आरोपमा मुद्दा चलेपछि मुख्य सचिव डा. बैकुण्ठ अर्याल स्वत:निलम्बित भएका छन् ।
सुरक्षण मुद्रण केन्द्रबाट अन्त:शुल्कको स्टिकर खरिद प्रक्रियामा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले बहालवाला मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा चलाएको छ ।
भ्रष्टाचार मुद्दा चल्ने भएपछि भएपछि मुख्य सचिव अर्यालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका थिए । प्रधानमन्त्रीले पनि उनलाई राजीनामा दिन सुझाएको दाबी स्रोतको छ । तर उनले पदबाट राजीनामा नदिएसँगै आइतबार भ्रष्टाचार मुद्दा दायर भएपछि उनी स्वत:निलम्बनमा परेका हुन् ।
यस प्रकरणमा अख्तियारले प्रतिवादीबाट ३८ करोड ६७ लाख १७ हजार ६४० रूपैयाँ बिगो असुलउपर गर्नुपर्ने जिकिर गरेको छ ।
९ महिनासम्म तत्कालीन सञ्चारसचिव रहँदा अर्यालले स्टिकर छपाइसम्बन्धी ठेक्का लगाउने निर्णय गरेका थिए । त्यसबेला अहिले पनि भ्रष्टाचार मुद्दामा भोगिरहेका विकल पौडेल सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक थिए ।
पौडेल कार्यकारी निर्देशक भएको समयमा ४३ करोड ३२ लाख प्रति अन्तःशुल्क स्टिकर छाप्न ठेक्का लगाइएको थियो । उक्त निर्णय हुँदा वर्तमान मुख्यसचिव अर्याल तत्कालीन सञ्चार सचिव थिए ।
त्यसबेला ९ महिनामा ४३ करोड ३२ लाख स्टिकर छाप्ने गरी सुरक्षण मुद्रण केन्द्र र प्रिन्ट सेलबीच ३८ करोड ६७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
त्यसअघिसम्म प्रतिस्टिकर ३५ पैसामा छापिने चलन थियो । तर उक्त सम्झौताअनुसार ८५ पैसा प्रतिस्टिकर छाप्नेगरी ठेक्का लगाइएको थियो । अख्तियारले मुद्दाको फाइलमा तत्कालीन सञ्चार सचिव अर्याललसहितको उक्त प्रकरणमा संलग्नता देखिएको जनाएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच