ठमेलको होटलबाट २० करोड रुपैयाँभन्दा बढीको कोकिन बरामद

ठमेलको होटलबाट २० करोड रुपैयाँभन्दा बढीको कोकिन बरामद

अर्थ चौतारी

ठमेलको होटलबाट २० करोड रुपैयाँभन्दा बढीको कोकिन बरामद

A A- A+

काठमाडौँ । ठमेलस्थित एक होटलबाट ठुलो परिणाममा लागु औषध कोकिनसहित एक विदेशी महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा मलेसियाकी ४७ वर्षीया बाथुमालाई भाडिभालु रहेकी छन् ।उनलाई काठमाडौँ सिटी होटलबाट नियन्त्रणमा लिइएको हो । होटलमा लागु औषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त लैनचौरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ ।कोठाको खान तलासी गर्दा ६ वटा स्कुल ब्यागमा फल्स बटम बनाएर कोकिन लुकाएको भेटिएको थियो । बरामद भएको ५ किलो ८२० ग्रामको बजार मूल्य २० करोड ३६ लाख रुपैयाँ हुन आउने प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?