लेखाको चासोपछि रोकियो रिलायन्स स्पिनिङको आईपीओ

लेखाको चासोपछि रोकियो रिलायन्स स्पिनिङको आईपीओ

अर्थ चौतारी

लेखाको चासोपछि रोकियो रिलायन्स स्पिनिङको आईपीओ

A A- A+

काठमाडौं । अन्ततः नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन कार्य स्थगित गराएको छ । रिलायन्सले भोलि बिहीबारदेखि वैदेशिक रोजगारमा रहेकाहरूका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको थियो ।तर, संघीय संसदको सार्वजनिक लेखा समितिले रिलायन्सको वित्तीय विवरण र आईपीओ निष्कासनबारे केही जवाफ माग गरेपछि बोर्ड सञ्चालक समितिले हाललाई आईपीओ निष्कासन कार्य स्थगित गर्ने निर्णय गरेको हो ।बोर्डका प्रवक्ता तथा कार्यकारी निर्देशक नवराज अधिकारीले लेखाको ध्यानाकर्षण भएपछि रिलायन्सको आईपीओ हाललाई स्थगित भएको जानकारी दिए ।लेखाले प्रश्न गरिसकेपछि हाम्रा सबै विभागसँग यसबारे छलफल भयो, सञ्चालक समितिमा जानकारी गरायौं, त्यसपछि सञ्चालक समितिले आईपीओ निष्कासन कार्य हाललाई स्थगित गर्ने निर्णय गरेको हो,’ अधिकारीले भने । यससँगै कम्पनीको आईपीओ निष्कासन कार्य अनिश्चित बनेको छ ।रिलायन्स स्पिनिङको वित्तीय विवरण शंकास्पद देखिएपछि लेखाले बोर्डसँग ७ दिनभित्र जवाफ मागेको छ । ‘गत आर्थिक वर्षमा प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा रहेको कम्पनीले उल्लेख गरेको थियो, तर अहिले एक वर्ष नपुग्दै उक्त आम्दानी घटेर २ रुपैयाँ ८ पैसामा सीमित भएको छ । यसअघि वित्तीय विवरण तयार गर्दा म्यानुपुलेसन भएको अनुमान गर्न किन नसकिने ?,’ लेखाको प्रश्न छ ।बुक बिल्डिङका लागि बिड गर्न योग्य संस्थागत लगानीकर्ताको उक्त कम्पनी वा कम्पनीका सञ्चालकसँग स्वार्थ बाझिएको छ छैन भन्ने विषयमा लेखाले प्रश्न गरेको छ । साथै संस्थागत लगानीकर्ताले कति मूल्यमा कति कित्ता सेयरका लागि आवेदन दिएका थिए, उक्त विवरण पनि लेखाले माग गरेको छ । यसबारे नेपाल धितोपत्र बोर्डको धारणा समेत माग गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?