इन्डिगोको विमानलाई बमले उडाउने धम्की आएपछि…

इन्डिगोको विमानलाई बमले उडाउने धम्की आएपछि…

अर्थ चौतारी

इन्डिगोको विमानलाई बमले उडाउने धम्की आएपछि…

A A- A+

नयाँ दिल्ली। चेन्नईबाट मुम्बई उडान गर्ने इन्डिगोको विमानलाई बमले उडाउने धम्की प्राप्त भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । विमान चालक दलका सदस्यले एउटा चिठी पाएका थिए जसमा विमान उडाउने धम्की दिइएको थियो। बमको धम्की पाएलगत्तै सुरक्षा निकायहरू सतर्क भएर घटनाको अनुसन्धान थालेका छन् । सबैभन्दा पहिले इन्डिगो विमानमा सवार सबै यात्रुलाई सकुशल अवतरण गरी विमानको खोजी गरिएको थियो । विमानलाई विमानस्थलमा आइसोलेसन गरेर थप कारबाही भइरहेको छ । विमानलाई बमले उडाउने धम्की आएको यो पहिलो घटना भने होइन । यसअघि पनि यस्ता धम्की आइरहेका छन् ।जानकारीका अनुसार चेन्नईबाट मुम्बईका लागि उडेको इन्डिगोको विमानमा बम विस्फोट गर्ने धम्की दिएपछि शनिबार बिहान करिब ८ः४० बजे मुम्बई एयरपोर्टमा आपत्काल घोषणा गरिएको थियो।  इन्डिगोका चालक दलका सदस्यले फ्लाइटमा एउटा नोट फेला पारे जसमा लेखिएको थियो, बम्बेमा ल्यान्ड नगर्नुहोला.....बम विस्फोट हुनेछ । त्यसपछि सनसनी मच्चियो । यसबारे सुरक्षा निकायलाई तत्कालै जानकारी गराइएको थियो । तोकिएको प्रोटोकलअनुसार यात्रुहरूलाई सकुशल बाहिर निकालिएको थियो । इन्डिगोको यो विमानलाई विमानस्थलमा आइसोलेसनमा राखिएको छ । साथै यस सम्बन्धमा थप कारबाही भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?