राजेश हमालले ७ वर्ष किन खेलेनन् फिल्म?

राजेश हमालले ७ वर्ष किन खेलेनन् फिल्म?

अर्थ चौतारी

राजेश हमालले ७ वर्ष किन खेलेनन् फिल्म?

A A- A+

अभिनेता राजेश हमालले दर्शकको स्वाद र चाहनाअनुसार चलचित्र बने मात्र काम गर्ने निधोअनुसार आफूले केही वर्ष चलचित्र नखेलेको बताएका छन्।कलिङ महोत्सवमा आइतबारको एक सत्रमा बोल्दै उनले सो कुरा बताएका हुन्।

'मैले पछिल्लो ७ वर्ष एउटा चलचित्र पनि गरेको छैन। जुन बिन्दुमा म छु, त्यसलाई मध्येनजर गरेर काम गर्ने र दर्शकको स्वाद र चाहनाअनुसार चलचित्र गर्ने तर गर्नकै लागि नगर्ने भनेर निधो गरेको थिएँ,' राजेशले भने, 'खुसीको कुरा, म २/३ हप्तामा यो ७ वर्षको ग्यापपछि एउटा मेजर चलचित्र गर्न जाँदैछु। कता कता पहिलो चलचित्र गर्न जाँदैछु भन्ने पनि महसुस भइरहेको छ।'

उनले दिवाकर भट्टराईको निर्देशनमा निर्माण हुन लागेको फिल्म 'नरसिंहा अवतार' बाट कमब्याक गर्न लागेका हुन्। राजेशको कमब्याकलाई लिएर यतिबेला चासोका साथ हेरिएको यो फिल्ममा सनिशा भट्टराई, नीति शाह, सरोज खनाल, प्रशान्त ताम्राकार लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?