किङले विश्वकपका बाँकी खेल गुमाउने डर

किङले विश्वकपका बाँकी खेल गुमाउने डर

अर्थ चौतारी

किङले विश्वकपका बाँकी खेल गुमाउने डर

A A- A+

काठमाडौं । वेष्ट इन्डिजका ब्याटर ब्रान्डन किङले विश्वकपका बाँकी खेल गुमाउने खतरा बढेको छ ।बुधबार राति सेन्ट लुसियामा इङ्ल्यान्डसँगको खेलमा उनको साइट स्ट्रेन (कोखा) मा चोट लागेको थियो । इङ्ल्यान्डसँगको खेलमा १२ बलमा २३ रन हान्दै उत्कृष्ट ब्याटिङ गरिरहेका बेला १३ औं बल हान्न केही अघि सर्दा उनको कोखामा समस्या आएको हो ।उनी क्रिजमा नै लडेपछि वेष्ट इन्डिजका मेडिकल टिमले उनलाई मैदान बाहिर लगेको थियो । त्यसपछि उनी रिटायर्ड हर्ट हुँदै मैदानबाट बाहिरिएका थिए । उनले दोस्रो पारीमा फिल्डिङ पनि गरेनन् । उनको स्थानमा सिमरोन हेटमायर मैदान प्रवेश गरेका थिए ।क्रिकेट वेष्ट इन्डिज(सीडब्ल्युआई)का अनुसार, किङको साइड स्ट्रेनमा समस्या आएको छ । जसका कारण उनी मैदानमा फिल्डिङको लागि उपस्थित हुने छैनन् ।किङ निको हुन केही हप्ता लाग्नेछ । त्यसैले उनले विश्वकप क्रिकेटका बाँकी खेल गुमाउने आशंका छ । विश्वकप क्रिकेट सकिन १० दिन बाँकी छ । यो समयमा किङलाई लागेको चोटले वेष्ट इन्डिज टिमलाई चिन्तित बनाएको छ ।वेष्ट इन्डिजका कप्तान रोभमान पावेल भन्छन्, ‘हो, उनको चोटले निकै चिन्ता थपिएको छ । तर आशा छ उनी छिट्टै मैदान फर्कनेछन् ।’पावेलले किङ टोलीका महत्वपूर्ण सदस्य भएको बताए । हुन त किङ उत्कृष्ट फर्ममा छैनन् । अघिल्लो महिना पावेलले आईपीएल खेलिरहेका बेला दक्षिण अफ्रिकासँगको खेलमा किङले नै वेष्ट इन्डिज टिमको कप्तानी गरेका थिए ।वेष्ट इन्डिजसँग ५ जना रिजर्भ खेलाडी रहेका छन् । जसमा आन्द्रे फ्लेचर, काइल मेयर्स, फेबियन एलन, हाइडन वाल्स जुनियर र म्याथ्यु फोर्ड । किङको स्थानमा भने मेयर्सले खेल्ने सम्भावना छ ।फ्लेचर पनि दाबेदार खेलाडी हुन् । उनी शीर्ष क्रममा ब्याटर भएकाले उनको पनि सम्भावना प्रबल छ ।वेष्ट इन्डिजले शुक्रबार बार्बडोजको यात्रा गर्दैछ । त्यहाँ सुपर ८ को खेलमा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?