राष्ट्रियसभामा उठ्यो भूकम्पपीडितको विषय, अविलम्ब सहयोग गर्न सांसदहरुले माग

राष्ट्रियसभा बैठक काठमाडौँ, १७ असार ः सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रियसभाको सोमबार बसेको बैठक। तस्बिर ः रत्न श्रेष्ठ÷रासस

राष्ट्रियसभामा उठ्यो भूकम्पपीडितको विषय, अविलम्ब सहयोग गर्न सांसदहरुले माग

अर्थ चौतारी

राष्ट्रियसभामा उठ्यो भूकम्पपीडितको विषय, अविलम्ब सहयोग गर्न सांसदहरुले माग

A A- A+

काठमाडौं राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले भूकम्पपीडितलाई अविलम्ब सहयोग गरेका छन् । भूकम्प भएको लामो समय बितिसक्दा पनि उनीहरूले राज्यबाट सहयोग नपाएकामा सांसदहरूले चिन्ता व्यक्त गरे । 

सांसद मायाप्रसाद शर्माले भूकम्प भएको एक वर्ष बितिसक्दा पनि भूकम्पपीडितले राज्यबाट राहत सामग्री नपाएका तथा भूकम्पका कारण जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्नेमा जोड दिए । 

सांसद कृष्णबहादुर रोकायले पनि प्राकृतिक विपद्बाट क्षति बेहोरेकाहरूलाई सहयोग गर्नु राजइको दायित्व हो भने। 

आत्महत्या रोक्न मनोपरामर्श सेवा विस्तार गर्नुपर्ने  देशमा आत्महत्याका घटना बढेकामा चिन्ता व्यक्त गर्दै सांसद पदमबहादुर परियारले स्थानीय तहमा मनोपरामर्श सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए। 

सांसद आन्दप्रसाद ढुङ्गानाले लामो समयदेखि कालोपत्र हुन नसकेका सडकपत्र गर्न माग गरे । सांसद घनश्याम रिजालले धुलिखेल सडक लामो समयदेखि बन्न नसक्दा आवतजावतमा असर परेको गुनासो गरे। 

सांसद रेणु चन्दले सुदूरपश्चिममा चिकित्सा शिक्षा अध्ययनको ‘कोटा’ बढाउनुपर्नेमा जोड दिएकी छन्  । 

सांसद विष्णुकुमारी सापकोटाले मनसुनजन्य विपद् व्यवस्थापनमा सचेत हुनुपर्नेमा जोड दिइन् । सांसद विष्णुदेवी पुडासैनीले स्वास्थ्य बीमा रकम बढाउनुपर्ने बताइन्। 

सांसद विष्णुबहादुर विश्वकर्माले विशेष छात्रवृत्ति कार्यक्रममा लक्षित समुदायका लागि कलेजहरुमा कोटा बढाउनुपर्नेमा जोड दिए। 

सांसद कृष्णप्रसाद अधिकारीले राष्ट्रिय निकुञ्जको ‘बफर जोन’मा बस्ने समुदायमा मानव– वन्यजन्तुद्वन्द्व बढेकाले त्यसको नियन्त्रणका निम्ति राज्यले योजना बनाएर त्यसलाई कार्यान्वयन गर्नुपर्छ गरे। 

सांसद सावित्री मल्लले भूकम्पपीडितका निम्ति सहयोग गर्ने कार्यविधि समयमा तर्जुमा नहुँदा पीडितलाई समस्या भएको गुनासो गरेकी छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?