पेरिस ओलम्पिक : पदक तालिकामा अमेरिकाको अग्रता

पेरिस ओलम्पिक : पदक तालिकामा अमेरिकाको अग्रता

अर्थ चौतारी

पेरिस ओलम्पिक : पदक तालिकामा अमेरिकाको अग्रता

A A- A+

काठमाडौँ — अमेरिकाले पेरिस ओलम्पिक २०२४ मा मंगलबार पदक तालिकातर्फ ठोस अग्रता लिएको छ । प्रतियोगिताको ११औं दिन अमेरिका २४ स्वर्ण ३१ रजत र ३१ कांस्यसहित शीर्ष स्थानमा छ । उसको कुल पदक संख्या ८६ पुगेको छ ।

चीन २२ स्वर्ण, २१ रजत र १६ कांस्यसहित दोस्रोमा छ । यस्तै अस्ट्रेलिया १४ स्वर्ण, १२ रजत र नौ कांस्यसहित तेस्रो स्थानमा रहेको छ । त्यसपछि आयोजक फ्रान्स, बेलायत, दक्षिण कोरिया र जापान रहेका छन् ।

एथलेटिक्सका पुरुष १५०० सय मिटर दौडमा अमेरिकाका कोल होकरले स्वर्ण जिते । उनले तीन मिनेट २७.६५ सेकेन्डमा दौड पूरा गरे ।

महिला फुटबलको फाइनल ब्राजिल र अमेरिकाबीच हुने भएको छ ।सेमिफाइनलमा ब्राजिलले स्पेनलाई ४–२ ले हरायो भने अमेरिकाले जर्मनीलाई १–० ले पराजित गर्‍यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?