काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले स्पट फिक्सिङको आरोपमा प्रतिबन्धित क्रिकेट खेलाडी मोहमद आदिल आलमको प्रतिबन्ध फुकुवा गरेको छ।
२०७९ मंसिरमा त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सञ्चालन भएको नेपाल टी-२० क्रिकेट लिगका क्रममा स्पट फिक्सिङको आरोप लागेपछि आलममाथि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन प्रतिबन्ध लगाइएको थियो।
क्यानको इन्टेग्रिटी कमिटीले सो मुद्दामा आवश्यक छानबिन तथा प्रक्रिया पुरा गर्दै प्रतिबन्ध फुकुवा गर्न सिफारिस गरेको थियो। सोही सिफारिसको आधारमा क्यानले २०८२ वैशाख २१ गतेदेखि लागू हुने गरी प्रतिबन्ध फुकुवा गरेको हो।
यो निर्णयसँगै मोहमद आदिल आलम अब पुनः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउनेछन्।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच