१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

अर्थ चौतारी

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष ...

A A- A+

भक्तपुर । भक्तपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।  जिल्लाको चाँगुनारायण नगरपालिका–६ नगरकोट बस्ने ३८ वर्षीय कृष्णबहादुर तामाङलाई बिहीबार साँझ प्रहरीलेसो आरोपमा पक्राउ गरेको हो ।तामाङले ती किशोरीलाई २०८० चैतदेखि पटक–पटक र पछिल्लो पटक २०८१ जेठ १२ गते दिउँसो भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित न्यु भक्तपुर गेस्ट हाउसमा पुर्‍याएर जबरजस्ती करणी गरेका थिए । सोही उजुरीको आधारमा  जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?